हिमपातले मर्न थाले चौँरी

मनाङ– महीनौँको निरन्तर हिमपातका कारण मनाङमा चौँरी मर्न थालेका छन्। हिमपातले चौँरी मर्न थालेपछि किसान चिन्तित बन्न पुगेका हुन्।

जिल्लामा रहेका चौंरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा चौँरी लडेर मरेका हुन्। जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा चौँरी छन्। तर, हिमपातबाट भएको क्षतिको तथ्यांक आएको छैन।

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताए।उनका अनुसार नासों गाउँपालिकामा रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार