Saturday, October 19, 2024

प्रदेश नं ५ को अभियान : सफा वातावरण : स्वच्छ जीवन

पाँच नम्वर प्रदेश सरकारले आफ्नो वार्षिक निती तथा कार्यक्रममा वातावरण सम्वन्धी विषयहरुलाई प्रमुख प्राथमिकताका साथ उल्लेख गरेको छ ।

सो कार्यक्रममा पर्वतीय पर्यटनमा जोड दिइने उल्लेख गरिएको छ । प्रदेश सरकारले आइतवार घोषणा गरेको निती तथा कार्यक्रममा ‘महाभारत श्रंखलामा पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रादेशिक पहाडी लोकमार्गको अवधारण अगाडी वढाउने उल्लेख गरिएको छ ।’ त्यसैगरी सामुदायिक वनले वन क्षेत्रको संरक्षणमा खेलेको भुमिकालाई प्रोत्साहन गरिने सो निती तथा कार्यक्रममा उल्लेख गरिएको छ । वैज्ञानिक वन व्यवस्थापनको निती अवलम्बन गदै वनलाई आर्थिक स्रोतको मुख्य आधारको रुपमा उल्लेख गरिने प्रतिवद्धता उक्त दस्तवेजमा छ ।

त्यसैगरी प्रदेशमा खनिज पद्धार्थ तथा वहुमुल्य धातुको अन्वेषण, अध्ययन तथा सर्वेक्षण कार्यलाई प्राथमिकतामा राखिने उल्लेख गरिएको छ । निती तथा कार्यक्रममा स्वच्छ र हरियाली वातावरणको लागि नियमित सरसफाई र सार्वजनिक स्थलमा वृक्षारोपण गरी ‘सफा वातावरणःस्वच्छ जीवन’ कार्यक्रमलाई स्थानिय तहसंग समन्व्य गरी अभियानको रुपमा अगाडी वढाइने उल्लेख गरिएको छ । त्यसैगरी यस क्षेत्रको पर्यटन तथा कृषिलाई पनि निती तथा कार्यक्रमको प्रमुख प्राथमिकतामा राखिएको छ । आगामी २९ गते प्रदेशको वजेट ल्याउने मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार