Wednesday, November 20, 2024

घाग्रा खोलामा पुल पुनर्निर्माण शुरु

सुरुङ्गा– दक्षिणी झापाको बाह्रदशी गाउँपालिका–६ भएर बग्ने घाग्रा खोलामा पुल पुनर्निर्माण शुरु गरिएको छ।

रु दुई करोड ६० लाखको लागतमा निर्माण शुरु गरिएको पुलको सांसद राजेन्द्र लिङ्देनले शिलान्यास गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका लिङ्देनले पुल निर्माण भएपछि चारपाने, डाँगीबारी लगायत स्थानका हजारौँ सर्वसाधारण लाभान्वित हुने बताए।

आगामी आवभित्र पुल निर्माण सम्पन्न हुने बताइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, १ नं प्रदेश र बाह्रदशी गाउँपालिकाको संयुक्त लगानीमा पुल बन्न लागेको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए। पुलको लम्बाइ ५३ मिटर रहनेछ । रासस

ताजा समाचार

सम्बन्धित समाचार