नागदहमा चरा भुरूरू (तस्वीरमा हेर्नुहोस्)

ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित ५२ रोपनी क्षेत्रफलमा फैलिएको नागदहमा माछा खेलेको र चरा उडेको दृश्य हेर्न आगन्तुक आउने गरेका छन्। साइबेरियाबाट समेत यहाँ जाडो छल्न जलकाग, जलेवा लगायतका चरा आउने गर्छन। धेरै प्रजातिका प्रवासी पक्षीहरूको लागि गन्तव्य हो, यो दह। जाडोमा, सयौं पानी चराहरू तालभित्र र चारैतिर हेर्न सकिन्छ। नागदह पोखरी पंक्षी हेर्न एक महत्वपूर्ण क्षेत्र हो।

नागदह अवलोकन गर्न आउनेहरूको सुविधाका लागि ताल वरपर संरचना समेत निर्माण गरिएको छ। जहाँ बसेर नागदहको अवलोकन गर्न सकिन्छ।

शहरी विकास प्राधिकरणको ११ करोडको लागतमा नागदहलाई सौन्दर्यकरणको काम भइरहेको छ।


ताजा समाचार

सम्बन्धित समाचार