काठमाडौँ – मन्त्रीसँगको विवादपछि खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई खानेपानी मन्त्रालयबाट हटाएर ट्रस्टको कार्यालयमा सरुवा गरेको हो।
मेलम्ची खानेपानी आयोजनाको विषयमा खानेपानी मन्त्री विना मगर र सचिव ठाकुरबीच मतभेद हुँदै आएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेर भागेपछि मन्त्री मगर र सचिव ठाकुरबीच उत्पन्न विवाद उत्कर्षमा पुगेको हाे।
मन्त्री मगरको चाहना अनुरुप सिएमसीलाई नै पुनः बाँकी कामको जिम्मा लगाउन नमानेपछि आफूलाई सरुवा गरिएको सचिव ठाकुरको भनाइ छ । मन्त्री मगरले कर्मचारीलाई बलीको बोको बनाएर देशको ढुकुटी रित्याउन लागेको सचिव ठाकुरको आरोप छ।