Saturday, October 19, 2024

मेलम्चीको सुरुङ १०० मिटर खन्न वाँकी

वहुप्रतिक्षित मेलम्ची परियोजनाको खानेपानी काठमाडौंमा आउन थप ढिलाई हुने भएको छ । दुई महिनायता सुरुङ खन्ने कार्यले अपेक्षाकृत गति लिन नसकेपछि वैशाखभित्र उपत्यकामा सो परियोजनाको पानी जोड्ने सरकारी घोषणा कार्यान्वयनमा ढिलाई हुने भएको हो । परियोजनाले शुक्रवारसम्म २७,४८५ मिटर सुरुङ खनिएको र अब १०० मिटर खन्न वाँकी रहेको जानकारी दिएको छ । यस सुरुङको कुल लम्बाई २७,५८४ मिटर हो ।

सो परियोजनाले दैनिक रुपमा १७० मिलियन लिटर पानी काठमाडौ उपत्यकालाई उपलब्ध गराउने वताइएको छ । आगामी दशैसम्म सो परियोजनको पानी काठमाडौवासीले प्राप्त गर्ने सरकारी अधिकारीहरुको दाबी छ । भुकम्प तथा भारतिय नाकावन्दीका कारण सुरुङ खन्ने कार्य झण्डै एक वर्ष लम्बीएको थियो । समयमा काम सम्पन्न नहुँदा परियोजनाको लागत निरन्तर रुपमा वढीरहेको छ ।  भुकम्प अगाडी सन् २०१६ को डिसेम्बरमा काम सक्ने लक्ष्य लिइएको थियो ।

अवौं रुपयाँको लगानीमा निर्माण भईरहेको सुरुङ निर्माणको काम शुरुमा चिनियाँ कम्पनी चाइना रेल्वेले थालेको थियो तर उसले विचमा नै हात झिकेपछि सरकारले इटालीको सीएमसी कम्पनीलाई सो कामको जिम्मेवारी दिएको थियो । केही समय अगाडी वजेटको अभावमा धुम्वाराही, वालुवाटार, पानी पोखरी र नयाँ वजार क्षेत्रमा पानी विछ्याउने कार्य रोकिएको थियो । एसियाली विकास वैङकले पैसा दिन ढिलाई गरेका कारण काम रोकिएको थियो । त्यसैगरी सुरुङ निर्माणमा खटिएका कर्मचारीहरुले समय समयमा हड्ताल गर्दा पनि सुरुङ खन्ने कार्य केही ढिलाई भएको थियो । अहिले सबै समस्याहरु समाधान भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार