काठमाडौ – नेपाल र भारतले कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरहरु कम गर्नका लागि मिलेर काम गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ३ दिने भारत भ्रमणको समयमा सो सहमति भएको हो । भ्रमणको दौरानमा दुबै देशले कृषि क्षेत्रमा नयाँ सहकार्य गर्ने सहमति गरेका छन् ।
कृषि विज्ञान, सुचना प्रविधी, कृषि उत्पादन, तालिम, अनुसन्धान, छात्रवृत्ति, विउ विजन प्रविधिको अनुसन्धान लगायत जलवायु परिवर्तनको असरलाई कम गर्ने सम्वन्धमा मिलेर काम गर्ने समझादारी भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैगरी भेटेनरी अनुसन्धान र पशुपालनमा सहकार्य गर्ने सहमति गरेका छन् ।