Saturday, October 19, 2024

एसिया तथा प्रशान्त क्षेत्रको उर्जा संकटमा लागि मिलेर काम गर्ने सहमति

एसिया तथा प्रशान्त क्षेत्रका उर्जा मन्त्री तथा उच्च सरकारी अधिकारीले यस क्षेत्रको उर्जा संकट समाधानको लागि संयुक्त रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । एसिया र प्रशान्त क्षेत्रको दोस्रो इनर्जी फोरमको समापनसंगै जारी गरिएको वैंकक घोषणापत्रमा उनीहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । सो वैठकले सात वुँदे घोषणपत्र सार्वजनिक गरेको छ । घोषणपत्रमा दिगो विकासमा लक्ष्य पुरा गर्ने, उर्जा संक्रमण अन्त्य गर्न उच्च प्राथमिकता दिने, उर्जा आपुर्ती वृद्धि तथा क्षेत्रिय पहुँच विस्तार प्रोत्साहन गर्ने लगायतका सात वटा वुँदाहरु रहेका छन् ।

नेपालबाट उर्जामन्त्री वर्षमान पुन र अन्य उच्च सरकारी अधिकारीहरुले भाग लिएका थिए । वैठकले दीगो विकासका लक्ष्यहरुलाई प्रमुख प्राथमिकता राख्ने निर्णय समेत गरेको छ । सो सम्मेलनमा भाग लिएर शुक्रवार स्वदेश फर्केका मन्त्री पुनले आफुले यस क्षेत्रका देशका उर्जा मन्त्रीहरुलाई उर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेको जानकारी दिएका छन् । सो सम्मेलनलाई सम्वोधन गदै पुनले नेपालमा राजनितिक स्थायित्वको युग पुरा गरेको भन्दै लगानीको लागि उपयुक्त वातावरण रहेको जनाएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार