Tuesday, November 19, 2024

काठमाडाैँमा निजी आवास पुनःनिर्माणको गति सुस्त

काठमाडौ–भूकम्प गएको साढे ३ वर्ष पूरा भइसक्दा समेत टोखा नगरपालिकाको निजी आवास पुन ःनिर्माण अभियानले गति लिन सकेको छैन।

स्थानीय टोखा नगरपालिकामा २१ प्रतिशत मात्र पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकाको भित्री बस्तीमा थोरै क्षेत्रफल भएका, बहुस्वामित्वका र पुरानो घरका पूर्जा नहुँदा तथा क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेको घरलाई समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएका कारणले निजी आवास पुननिर्माण अघि बढ्न नसकेको नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले बताए।

भूकम्पबाट पूर्ण क्षति भएका नगरपालिकाका एक हजार ७४५ घरमध्ये ५३५ ले मात्र तेस्रो किस्ताको रकम बुझेको नगर उपप्रमुख डङ्गोलले बताए। पुनःनिर्माणअन्तर्गत पहिलो किस्ता लिएर पनि समस्या देखाउँदै घर नबनाउने एक जनाले रकम फिर्ता गरेको कार्यालयले जनाएको छ। नगरपालिकामा पहिलो किस्ता लिने एक ५७६ र दोस्रो किस्ता लिने लाभग्रही सङ्ख्या ७३७ छ।

त्यस्तै दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राही सङ्ख्या ७१० छ । भवनसंहिताअनुसार नभई प्रमाणीकरण हुन नसकेको लाभग्राही सङ्ख्या १५ छ । नगरपालिकामा पूर्ण क्षति भएका तीन विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार