Saturday, April 19, 2025

दक्षिण एसियाको अन्न उत्पादनमा कमी आउने प्रक्षेपण  

दक्षिण एसियाली सहयोग संगठन सार्कका महासचिव अमजद हुसैन बी सियालले ‘ग्लोवल वार्मिङ’ कारण यस शताब्दीको अन्तसम्म दक्षिण एसियाको अन्न उत्पादनमा १० देखि ५० प्रतिशतसम्म कमी हुने  प्रक्षेपण गरिएको वताएका छन् ।

सार्क क्षेत्रको कृषि परियोजनासम्वन्धी काठमाडौमा आयोजना गरिएको कृषिसम्वन्धी एक कार्यक्रमलाई सम्वोधन गदै महासचिव सियालले वातावरण परिवर्तन दक्षिण एसियाको पोषिलो तथा सुरक्षित खानाका लागि एक मुख्य चुनौतीको रुपमा खडा भएको वताए ।

‘यही चुनौतीलाई पहिल्याएर नै हरेक पटकका सार्क सम्मेलनहरुले दीर्घकालिन कृषि मार्फत खाद्य सुरक्षाको प्रत्याभुति गर्नुपर्ने कुरामा जोड दिने गरेको छ,’उनले भने । सार्क अन्र्तगत रहेको सार्क कृषि केन्द्रले यस सम्वन्धमा काम गरिरहेको उनले वताए । उनले सार्कका सदस्य मुलुकहरुको कुल गृाहस्थ ठूलो योगदान गरेपनि केही वर्ष त्यसमा गिरावट आएको वताए  । यस क्षेत्रका आधा भन्दा जनसंख्या कृषिमा निर्भर छन् । 

ताजा समाचार

सम्बन्धित समाचार