यस्तो छ भोली र पर्सीको मौसम

काठमाडौँ – पश्चिमी वायुको प्रभावका कारण देशभर पुनः मौसम बदली हुँदा काठमाडौँ उपत्यकाको मौसममा पनि बदली भएको छ । शुक्रबार दिनभर सामान्य रहेको मौसममा बेलुकी बदली भइ पश्चिमी भू–भागका अधिकांश स्थानहरूमा र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै देशका उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी भोली(शनिबार) दिउँसो देशको अधिकांश भू–भागमा सामान्यतया बदली रहने देखिन्छ । पश्चिमी भू–भाग र पूर्वी तथा मध्य नेपालका पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

शनिबार राती देशको पश्चिमी र मध्य भू–भागमा अंशिक बदलि र पूर्वी भू–भागमा सामान्य बदली रहने देखिन्छ । पूर्वी तथा मध्य पहाडी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पूर्वी हिमाली भेगहरूमा हल्का हिमपातको सम्भावना देखिन्छ।

त्यस्तै पर्सी(आइतबार) दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाको अनुमान छ। पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति देशको पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिने महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार