धानखेतमा जडिबुटी खेती

कैलाली–कैलारी गाउँपालिका—५ बिसनपुरका स्थानीयले धान उत्पादन हुने खेतमा केमोमाइल जडिबुटी खेती गर्दै आएका छन्।धान गहुँको भन्दा बढी आम्दानी हुन थालेपछि यहाँका किसान पाँच वर्षदेखि सुगन्धित जडिबुटी तेल ‘केमोमाइल’ को खेतीतर्फ आकर्षित भएका हुन्। ३८ घर भएको बिसनपुर गाउँमा २० घरपरिवारले जडिबुटी लगाएका छन्। उनीहरुले १२ विघा खेतमा खेती गरेका छन्।

रामचरण चौधरी पाँच वर्षदेखि २३ कठ्ठा खेतमा केमोमाइल खेती गर्दै आएका छन्। यसभन्दा अघि धान, गहुँ, तोरी लगाउँदै आएका उनी आम्दानी गर्न थालेपछि केमोमाइल खेतीतर्फ लागेका हुन्। ‘१० कठ्ठा खेतमा लगाएको केमोमाइलबाट ३ देखि ४ लाख आम्दानी हुन्छ,’ उनले भने, ‘पोहोर साल १५ कठ्ठामा लगाएको थिए। राम्रै आम्दानी हुन थालेपछि यो वर्ष २३ कठ्ठामा लगाएको छु।’

रामचारणले जस्तै मानबहादुर चौधरी र हरिमान चौधरीले पनि १० कठ्ठा जमिनमा केमोमाइल खेती गर्दै आएका छन्। त्यसैगरी वडा नम्बर ७ बसन्त गाउँका किसानहरुले पनि दुई वर्षदेखि केमोमाइल खेती गर्दै आएका छन्।

उनीहरुले उत्पादन गरेको केमोमाइल गाउँमै प्रशोधन हुन्छ। ग्राहक पनि किसानको घरघरमै केमोमाइलको तेल खरिद गर्ने पुग्ने गरेको किसान बताउँछन्। केमोमाइल प्रशोधन केन्द्र गाउँमै छ।

एन्साबका संयोजक टेकबहादुर बरवालले बिसनपुर गाउँमा कुल १० लाखको लगातमा सुगन्धित तेल प्रशोधन केन्द्र र साढे ९ लाखको लागतमा सिचाइँको लागि सौर्य वाटर पम्प जडानको काम भइरहको बताए। केमोमाइलको तेल विभिन्न औषधि तथा सौन्दर्य सामग्राी बनाउन प्रयोग गरिने गरिएको बताइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार