काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेको ‘जनताको जलविद्युत् आयोजना कार्यक्रम’ का लागि १९ वटा आयोजना छनोट भइका छन्।
प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा निर्माण हुने १९ आयोजनाबाट ३ हजार ५ सय मेगावाट उत्पादन क्षमताको विद्युत् उत्पादन हुने लक्ष्य ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले राखेको छ। ती आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रदेश १ मा निर्माण हुने ६ वटा आयोजनाबाट १ हजार ७ सय ५१ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिइएको छ, भने प्रदेश ३ का २ वटा आयोजनाबाट १ सय ३३ मेगावाटको लक्ष्य अघि सारिएको छ।
यसैगरी, गण्डकी प्रदेशका ४ वटा आयोजनाबाट ७ सय ७५ मेगावाट, प्रदेश ५ मा ४८ मेगावाट, कर्णाली प्रदेशका ३ वटा आयोजनाबाट ६ सय ४९ मेगावाट र सुदूरपश्चिम प्रदेशका ३ वटा आयोजनाबाट ४ सय २३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।





