सेनाको मुख्यालय प्लास्टिकमुक्त घोषणा

काठमाडौं– नेपाली सेनाको मुख्यालयलाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ।

प्लास्टिकजन्य बस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभाव पार्ने गरेकालेत्यसको प्रयोगलाई सांगठनिक रुपमै निरुत्साहित गर्न प्लास्टिकमुक्त घोषणा गरिएको नेपाली सेनाले जनाएको छ। अब सेनाको हेडक्वार्टरमा प्लास्टिक झोला, बोतल बोक्न र प्रयोग गर्न पाइने छैन।

प्रधानसेनापति पूर्णचन्द्र थापाले मुख्यालयबाट शुरु गरिएको प्लास्टिकमुक्त अभियानलाई सम्पूर्ण युनिटहरूले अगाडि बढाउने बताए। ‘यसलाई अभियानका रुपमा अगाडि बढाइ व्यारेक इलाकालाई प्लास्टिकमुक्त क्षेत्र कायम राख्न’ थापाले निर्देशन दिएको नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिवद्धता अनुसार प्लास्टिक निषेधित क्षेत्र सुरुवात गरिएको जनाइएको छ।

चितवन राष्ट्रिय निकुञ्ज प्लास्टिकमुक्त घोषित

ताजा समाचार

सम्बन्धित समाचार