संरक्षणको क्रियाकलापमा ५ लाख युवालाई सहभागी गराउन ‘एप्लिकेशन’

काठमाडौं–डब्लुडब्लुएफ नेपालले ‘द जेनेरेशनग्रिन’ को पाचौँ वार्षिकोत्सव मनाएको छ। सोहीउपलक्ष्यमा ‘द जेनेरेशनग्रीन’ को एप्लिकेशनपनि सार्वजनिक गरिएको छ।

‘द जेनेरेशनग्रिन’प्रकृति संरक्षणमा केन्द्रित युवाहरुका लागि तयार पारिएको मञ्च हो। पाँच वर्षको अवधिमा ‘द जेनेरेशनग्रिन’ मा ५५ हजार सक्रिय सदस्यहरु र दुई लाख पचास हजार इको–क्लब सदस्य रहेको जनाइएको छ।

‘द जेनेरेशनग्रीन’ को एप्लिकेशन दीगो जीवनशैली विषयक नेपालकै पहिलो एप्लिकेशन मानिएको छ। शिक्षा, खोज तथा सशक्तिकरणलाई आफ्नो प्रमुख तीन स्तम्भका रुपमा लिएको यस एप्लिकेशनद्वारा युवाहरु मझ वन्यजन्तु तथा जैविक विविधताका विभिन्न पक्षहरुलाई आकर्षक तथा अन्तत्र्रिmयात्मक ढंगले प्रस्तुत गरी त्यस मार्फत उनीहरुलाई प्रोत्साहनका साथै उनीहरुले स्वतन्त्र रुपमा अघि बढाउन सक्ने विभिन्न आयोजनाहरु प्रदान गरिने डब्लुडब्लुएफले जनाएको छ।

एप्लिकेशनले डब्लु डब्लु एफले आगामीदिनमायुवाहरुसँग मिलेर गर्ने हरेक क्रियाकलापको आधारशिलाको रुपमा काम गर्नेछ। प्रकृति संरक्षण साथै एप्लिकेशनको प्रवद्र्धनका लागि पैरवीकर्ता तथा प्रभावशाली व्यक्तिहरुलाई व्यापक रुपमा प्रयोग गरिने जनाइएको छ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ्गले भने, ‘द जेनेरेशनग्रिन’ डब्लुडब्लुएफ नेपालद्वारा संरक्षण शिक्षामा गरिने कार्यहरुको एक महत्वपूर्ण पाटो रहेको छ र आगामी दिनमा अघि बढी पाँच लाख युवाहरुलाई संरक्षणसँग सम्बन्धित कृयाकलापहरुमा सहभागी गराउने हाम्रो लक्ष्यमा पुग्न यसले अहम भूमिका निर्वाह गर्नेछ ।’ यसका माध्यमबाट वातावरणका मूल्यहरुलाई ध्यानमा राखी मानिसहरुले प्रकृतिसँग सौहार्दपूर्ण रुपमा बाँच्न सक्ने भविष्य निर्माण गर्नका लागि प्रभाव पार्न सक्ने तथा ठोस कदम चाल्न सक्ने दक्ष तथा सशक्त पुस्ता निर्माण गर्न मद्दत मिल्न उनको भनाइ छ।

‘द जेनेरेशनग्रीन’ का सल्लाहकार तथा सांसद गगन थापाले अभियान तथा यसमा संलग्न युवाहरुसँगको सहकार्यताले आफूलाई विकासका विभिन्न विषयहरुलाई भिन्न ढंगले हेर्न मद्दत मिलेको बताए। ‘मैले गर्नुपर्ने कार्यहरुप्रतिको मेरो दृष्टिकोणमा निकै प्रभाव पारेको छ,’ उनले भने।

कार्यक्रममा विगतका सिकाइ तथा हालका प्रयासहरुलाई ध्यानमा राखेर भविष्यका लागि अवधारणा तथा सुझावहरु संकलन गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार