काठमाडौँ – राष्ट्रियसभाको विहीबारको बैठकले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पारित गरेको छ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाबाट यसअघि सो विधेयक पारित भई प्रतिनिधिसभामा पठाइएको थियो। प्रतिनिधिसभाले सो विधेयक केही संशोधन गरी पुनः राष्ट्रियसभामा पठाएको थियो।
विहीबारको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ टेबल गरे। राष्ट्रियसभाको अर्को बैठक यही फागुन गते ३ अपराह्न ४ बजे बस्नेछ ।रासस