काठमाडौं–विश्वलाई हरियाली बनाउने प्रयासमा भारत र चीनले नेतृत्वदायी भूमिका खेलेको नासाको एक अध्ययनले देखाएको छ।
विश्वमा हरियाली जंगल घट्दै गएको भन्ने आम बुझाई भन्दा पृथक नासाको अध्ययनले बीस वर्ष अगाडि भन्दा अहिले विश्वमा हरियाली बढेको देखाएको छ।
नासाले स्याटलाइटबाट प्राप्त गरेको र विश्लेषणा अध्ययन अनुसार भारत र चीनले हरियाली क्षेत्र विस्तार गरिहेका छन् ।
‘चीन र भारतमा एक तिहाई हरियाली रहेको छ, तर, दुई मुलुकमा पृथ्वीको वनस्पतीले ढाकेको जम्मा ९ प्रतिशत जमिन मात्र रहेको छ,’ सो अध्ययनमा भनिएको छ।
धेरैलाई यो अध्ययनले आश्चर्यचकित बनाएको छ किनभने धेरैको बुझाई तीव्र जनसंख्या भएका मुलुकहरूमा वनविनाश भइरहेको भन्ने छ। सो विवरण सन् २००० देखि २०१७ सम्मको अध्ययनमा आधारित रहेर तयार पारिएको हो।