Tuesday, November 19, 2024

भोजपुरमा वन अतिक्रमण बढ्यो

भोजपुर – भोजपुरमा वन अतिक्रमण गर्ने कार्यमा वृद्धि भएको छ। जिल्लाभर हालसम्म ६८ दशमलव ६८ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ।

इलाका वन कार्यालय बोयाअन्तर्गत सबैभन्दा बढी ३७ दशमलव पाँच, वालङ्खाअन्तर्गत ७ दशमलव ३५, याकुमा ९ दशमलव १ हेक्टर र अन्य विभिन्न स्थान गरी कूल ६८ दशमलव ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको सो कार्यालयले जनाएको छ।

यसरी अतिक्रमित वन सरकारीकरण गर्नका लागि विभिन्न वन उपभोक्ता समूहसँग छलफल भइरहेको कार्यालयले जनाएको छ। वन अतिक्रमण गर्नेलाई वन ऐनअनुसारका कारवाही गरिने पनि वन कार्यालयले जनाएको छ। वन ऐन २०४९ ले अतिक्रमण भएको जग्गा राष्ट्रियकरण गरी वन अतिक्रमण गर्नेलाई रु १० हजारसम्म जरिवना, एक वर्ष जेल वा दुवै सजाय हुने व्यावस्था गरेको कार्यालयले जनाएको छ।

भोजपुर जिल्लामा ७७ हजार ३२३ हेक्टर वन क्षेत्र छ। जुन जिल्लाको कूल भू–भागको ५० दशमलव ७८ प्रतिशत हो। रासस

ताजा समाचार

सम्बन्धित समाचार