काठमाडौं–कुकुर हाम्रो लागि प्रिय साथी हुनसक्छ तर कुकुर वन्यजन्तुको लागि एक प्रमुख चुनौतीको रुपमा देखा परेको छ।
विश्वका वैज्ञानिकहरूलाई उल्लेख गर्दै बिबिसीले तयार पारेको समाचार अनुसार कुकुरका कारण झण्डै एक दर्जन चरा र जनावरका प्रजातिहरू लोप भएका छन्। बिरालो र मुसापछि वन्यजन्तुलाई नष्ट गर्नेमा कुकुर तेस्रो स्थानमा आउँछ।
विभिन्न अध्ययनका अनुसार कुकुरका कारण विश्वका २०० भन्दा बढी वन्यजन्तुका प्रजातीहरू संकटमा रहेका छन्। हालै चिलिमा कुकुरले वन्यजन्तुमा पारेको असरको बारेमा अध्ययन गरिएको थियो।
सो अध्ययनमा कुकुरले वन्यजन्तुमा पार्ने असरलाई कम गर्न तत्काल कदमहरूचाल्नुपर्ने सुझाव दिइएको छ। कुकुर पाल्नेहरुले यस विषयमा आफूहरुलाई सरोकार नभएको र उनीहरूले आफ्नो कुकुरलाई वनजंगलमा खुला रुपमा छोडने गरेको बताएका छन् ।