Tuesday, November 19, 2024

खानेपानी समस्या समाधानमा फिनल्याण्डको चासो

काठमाडौँ – नेपालका ग्रामीण भेगमा देखिएका खानेपानीका समस्या समाधान गर्न आवश्यक सहायताका लागि फिनल्याण्ड सरकारले चासो दिएको छ।

खानेपानी मन्त्री बीना मगरसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिननले मंगलबार गरेको शिष्टाचार भेटमा घण्टौँ हिँडेर पानी लिन जानुपर्ने ग्रामीण क्षेत्रको समस्यालाई समाधान गर्न फिनल्याण्ड सरकार तयार रहेको बताए।

भेटमा मन्त्री मगरले फिनल्याण्ड सरकारले देखाएको सहयोगको प्रतिबद्धता ग्रामीण भेगका जनताका लागि महत्वपूर्ण हुने बताए। उनले ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्याउने सरकारको योजनालाई पूरा गर्न फिनल्याण्ड सरकारले गरेको सहयोगको प्रतिबद्धताको प्रशंसा गर्नुभएको मन्त्री मगरका प्रेस संयोजक सुकदेव चापागाईंले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार