Saturday, October 19, 2024

प्रधानमन्त्रीले कर्णालीको पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्ने

काठमाडौ – कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५ को उदघाटनका लागि रारामा आउन औपचारिक निम्तो दिएका छन् ।  

निम्तोपत्र ग्रहण पछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उदघाट्नका लागि आफु रारामा आउने प्रतिवद्धता व्यक्त गर्नुभएको कर्णाली प्रदेश मुख्य मन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

पर्यटन वर्षको उदघाटन संगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरु पनि निश्चित गरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख १ गते नै रारावाट राष्ट्रका नाममा सम्वोधन गर्ने, पर्यटन वर्षको उदघाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शेफोक्सुण्डो, छायाँनाथ, हिल्सा, पाताल झरणाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठकको अध्यक्षता गर्ने कार्यक्रम तय भएको वताइएको छ ।

प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो । प्राकृतिक सुन्दरताले भरिपुर्ण कर्णाली प्रदेश पर्यटनका हिसावले राम्रो सम्भावना वोकेको प्रदेश हो ।

ताजा समाचार

सम्बन्धित समाचार