काठमाडौँ– धादिङको गल्छीदेखि नुवाकोटको बेत्रावतीसम्मको ४६ किलोमिटर सडक अव्यवस्थित तवरले विस्तार गर्दा सवारी चालक तथा यात्रु मर्कामा परेका छन्।
बाटो बढाउन काटिएको पहाडलाई नमिलाइ त्यतिकै छोड्दा सडक बेहाल बनेको हो। गल्छीदेखि वेत्रावतीसम्मको उक्त सडक स्तरोन्नती गर्दा घामलागे धुलाम्मे र पानी परे हिलाम्मे बन्ने भएको छ ।
सडक विस्तार गर्नुअघि उक्त दूरी पार गर्न १ घण्टा लाग्नेमा पछि झण्डै तीन घण्टा लाग्ने यात्रु तथा सवारी चालकको भनाइ छ।
सडक विस्तार गर्दा सवारी आवतजावतमा अप्ठ्यारो पर्ने गरी गरिएको र अव्यवस्थित तवरले ढुंगा माटो फालिएकोले यात्रमा कठिनाइ भएको उक्त रुटमा माइक्रोबस चलाउँदै आएका प्रेम थापामगर बताउँछन् ।