काठमाडौं–पश्चिमी वायुको न्यून चापीय प्रणाली क्रमशः निस्क्रिय बनेपछि मुलुकका प्रायः भुभागको मौसम सफा देखिएको छ। गत बिहीबारदेखि शनिबारसम्म वर्षा भएकोमा बदली हटेर घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यद्यपि, आइतबार बिहान तराईका कतिपय क्षेत्रमा हुस्सु लागेको थियो भने पश्चिमी क्षेत्रमा क्रमिक रुपमा बदली समेत भइरहेको छ।
पछिल्लो पटक सक्रिय बनेको पश्चिमी वायु निस्क्रिय बनेपनि फेरि हल्का सक्रिय हुनसक्ने अनुमान गरिएको छ। फलस्वरुप कतिपय क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले उल्लेख गरेका छन्।
यस्तो छ आगामी तीन दिनको मौसम
२७ माघ
दिउँसो : देशको पश्चिमी भुभाग लगायत मध्य र पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका १-२ स्थानहरुमा हल्का वर्षा र पश्चिमी हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : देशको पश्चिमि र मध्य भेगमा आंशिक बदली रहनेछ भने पूर्वी भेगमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी र मध्य हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
माघ २८ गते
दिउँसो : देशको पहाडी भू(भागमा आंशिक बदली भई १-२ स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना छ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशको पहाडी भू(भागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ २९ गते
दिउँसो : देशको पश्चिमी भुभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति : देशको पश्चिमी भुभाग लगायत मध्य पहाडी भुभागमा आंशिक बदली रहनेछ भने बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।





