Friday, October 18, 2024

यसकारण काठमाडौंमा पर्यो हिउँ

काठमाडौं–उपत्यका वरपरका विभिन्न अग्ला डाँडाकाँडामा बाक्लो हिउँ परेको छ ।
फूलचोकी, चन्द्रागिरि, शिवपुरी, नागार्जुन, कपन गुम्बा, बूढानीलकण्ठसहितका उच्च क्षेत्रमा रहेका डाँडामा हिउँ परेको हो ।

पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको वर्षाले चिसो बढेपछि ती डाँडाकाँडामा हिउँ परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

‘यसपालीको पश्चिमी न्युन चापीय प्रणाली बलियो भएकाले ३–४ दिन पानी पर्नुका साथै यसले तापक्रम घटाएर हिउँ पार्न मद्दत गर्यो’, विभागका मौसमविद् सुबास रिमालले भने , ‘ एक–दुई दिन मात्र प्रणाली सक्रिय भएको भए मात्र पनि यति हिउँ पर्ने संभावना थिएन । ’ उनका अनुसार प्रणाली बलियो भएकै कारण उच्च पहाडबाट अलि तलसम्म पनि हिउँ परेको हो ।


विभागका पूर्व वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार भने २०७२ सालपछि यसरी बाक्लो हिउँ उपत्यकाका अग्ला डाँडामा देखीएका हुन् ।

‘ अघिल्ला २–३ वर्षको जाडो याममा अहिलेको जति धेरै वर्षा भएन ’, उनले भने ‘ जसका कारण तापक्रम घटेर धेरै हिउँ पर्न सकेन । ’

बिहीबारदेखि परेको लगातारको झरीपछि भएको हिमपातले उपत्यकाका उच्च डाँडाहरु शनिबार हिउँ खेल्न र हेर्न जानेको भिड लागेको छ ।

तस्बिर :सुवोद गौतम र विभिन्न सामाजिक संजालबाट

 

ताजा समाचार

सम्बन्धित समाचार