कैलाली– जडीबुटी लुकाइछिपाई राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बझाङ जयपृथ्वी नगरपालिका–१० चैनपुरबाट अवैध रूपमा जडीबुटी लुकाइछिपाई राख्ने दार्चुला अपि हिमाल गाउँपालिका–४ का ४८ वर्षीय शेरसिंह धामीलाई सेटक चिनी (खिरैला) ७ सय १५ किलो सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
अवैध रूपमा जडीबुटी लुकाइछिपाई राखेको भन्ने जानकारीका आधारमा वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त जडीबुटी सहित धामीलाई पक्राउ गरेको हो।
पक्राउ धामीलाई प्रहरीले आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय बझाङ बुझाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।





