Monday, April 21, 2025

कृष्णसार शिकारकाे अभियाेगमा सलमान खानलाई ५ वर्ष जेल

काठमाण्डौ, २२ चैत

कृष्णसार मारेको अभियोगमा भारतीय नायक सलमान खानलाई जोधपुर अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । सन् १९९८ सेप्टेम्बर २६ मा उनले कृष्णसार शिकार गरेको अभियोग लागेको थियो ।

अक्टोबर २ मा विश्नोई समुदायले सलमान खान विरुद्ध पहिला पनि कृष्णसार मारेको अभियोग लगाएको थियो । अदालतमा मुद्धा दर्ता भएको मुद्धामा १० दिन पछि जमानतमा छुटेका थिए । विहीबार भने भारतको जोधपुरको तल्लो अदालतले उनलाई दोषी ठहर गरेको हो ।

सलमान खान सँगै फिल्म अभिनेता सेफ अली खान र अभिनेत्री सोनाली बेडेर, ट्याव, नीलम र दुश्यान्टको नाम पनि उक्त मुद्धामा छ । कृष्णसार शिकार मुद्धा यस अघि अभिनेता सलमान खानले जोधपुरको केन्द्रिय जेलमा ८ दिन जेल जीवन बिताईसकेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार