Saturday, April 19, 2025

अष्ट्रेलिया वातावरण तथा खानेपानीको क्षेत्रमा लगानी गर्न इच्छुक

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले अष्ट्रेलियाले नेपालको सामुदायिक वनको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहकार्यको प्रस्ताव राखेका छन् ।

नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडेसंग विहिवार भएको भेटमा वस्नेतले सो प्रस्ताव राखेका हुन । सरकारले वनलाई समृद्धिको आधारका रुपमा लिएर संरक्षण र उपयोगको सन्तुलनका माध्यमद्वारा कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य योगदान दिने गरी नीति निर्माण गर्न लागेको जनाउनुभयो । जवाफमा राजदूत बडले नेपालमा हालै सम्पन्न निर्वाचनमा बाम गठबन्धनले बहुमत हासिल गरेकामा बधाई ज्ञापन गर्दै बलियो सरकार बनेकाले नेपालमा राजनीतिक स्थिरता र समृद्धि कायम हुने विश्वास अष्ट्रेलिया सरकारको रहेको बताउनुभयो ।  राजदूत बडीले आगामी सन् २०१८ मा आफ्नो सरकारले नेपालको जलविद्युत, वातावरण र खानेपानीको क्षेत्रमा लगानी गर्न चाहेको जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार