अन्ततः सिएमसीसँगकाे मेलम्चीकाे ठेक्का तोडियो, बाँकी काम अन्यौलमा

काठमाडौँ – सरकारले मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का तोडेको छ ।

विहीबार प्रेस विज्ञप्ती जारी गर्दै खानेपानी विकास समितिले सिएमसीसँगको ठेक्का तोडेको हो । नयाँ वर्ष मनाउन भनेर इटली गएका सिएमसीका कामदार नफर्केपछि सरकारले ७ माघमा १४ दिन भित्र काममा फर्कन पत्राचार गरेको थियो।

सिमएमसी काममा नफर्केपछि मेलम्ची खानेपानी आयोजनाको विहीबार बसेको बोर्ड बैठकले औपचारिक रुपमा ठेक्का रद्द गरेको हो । सिएमसीसँगको ठेक्का रद्द गर्नुअघि सरकारले वार्ता गर्नका लागि बुधबार सरकारी टोलीलाई थाइल्याण्ड पठाएपनि वार्ता सकारात्मक नभएपछि ठेक्का रद्द भएको हो ।

आयोजनाको काम सम्पन्न हुन केही प्रतिशत मात्र बाँकी रहँदा सिएमसीले छाडेपछि मेलम्चीको बाँकी काम भने अन्योलमा परेको छ ।

मेलम्चीको बाँकी काम आयोजना आफैँले गर्ने बताएपनि अहिलेसम्म कसले गर्ने भन्ने विषयमा भने टुंगो लागेको छैन्।
यसअघि मेलम्चीको बाँकी काम सेनाले गर्ने चर्चा भएपनि आयोजना भने आफैँले बाँकी काम सम्पन्न गर्ने पक्षमा छ।आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कडेँलका अनुसार आयोजना आफैँ नै बाँकी काम अगाडि बढाउने योजनामा छ।

सिएमसीसँगको ठेक्का तोडिएपछि आयोजनाको बाँकी काम सम्पन्न गर्न सकारले विकल्पसहितको प्रस्ताव तया पारिहेको विज्ञप्तीमा जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार