काठमाण्डौ, २२ चैत
भुकम्पपछि ध्वस्त भएको रानीपोखरीको पुनः निर्माणमा परम्परागत सामग्रीको प्रयोग हुने भएको छ । विहिवार वसेको संस्कति, नागरिक उड्ययन तथा पर्यटन मन्त्रालय, काठमाण्डौ महानगरपालिका र राष्ट्रिय पुरातत्व विभागको संयुक्त बैठकले रानीपोखरीको निर्माण पुरानै संरचनामा वनाउने निर्णय गरेको हो । वैठक पर्यटनमन्त्री रविन्द्र अधिकारीको उपस्थितीमा वसेको हो ।
बैठकले हालसम्म प्रयोग गरिएका आधुनिक निर्माण सामग्री (कंक्रिट) पुरातत्व विभाग र काठमाण्डौ महानगरपालिकाले हटाई परम्परागत निर्माण सामग्रीद्धारा नै रानीपोखरीको मौलिकता नबिग्रने गरी पुन निर्माण गर्ने निर्णय भएको काठमाण्डौ महानगरपालिकाका कार्यक्रम संयोजक चन्द्रमणी भट्टराईले जानकारी दिए ।
रानीपोखरीको बालगोपालेश्वर मन्दिर समेत पुन निर्माण गर्दा परम्परागत शैलीमा निर्माण गर्नुपर्ने निर्णय गरेको छ । रानीपोखरीको सौन्दर्यकरण गर्न पुरातत्व विभाग र काठमाण्डौ महानगरपालिका विच समन्वय गर्ने भएको छ । बैठकले काष्ठमण्डप पुन निर्माण गर्ने विषयमा सम्पूर्ण तयारी पुरा गरी २०७५ जेठ १५ देखि सुरुवात गर्ने गरेको छ ।