काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपालगञ्ज सवडिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगवीर खत्रीसहित चार जना वन कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार १० हजार घुस रकमसहित रेन्जरखत्री, फरेष्टरद्वय बहादुर केसी र केशवबहादुर वली तथा वन रक्षक हरिकुमार चन्दलाई पक्राउ गरिएको हो।
उनीहरुले निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठ टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम मागेको अख्तियारको दाबी छ। उनीहरुको नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित सुर्खेत रोडबाट पक्राउ परेका हुन्।





