सुदूरपश्चिमका पहाडी जिल्लामा पुनः हिमपात

कैलाली– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुनः हिमपात सुरु भएको छ।

गत हप्तादेखि हिमपात रोकिएर घाम लाग्न थालेकोमा पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिममा वर्षा र हिमपात सुरु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता विक्रमबहादुर चन्दले सुदूरपश्चिमका उच्च पहाडी भेगमा वर्षासँगै हल्का हिमपात भएको बताए।

त्यसैगरी बुधवार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा सुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ। माघको दोस्रो हप्ता जस्तो हिमपात भने नभएको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार