निजगढ विमानस्थलका लागि रुख नकाट्न अपिल

काठमाडौं–संरक्षणकर्मीहरूले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रुख नकाट्न सरकारलाई अपिल गरेका छन् ।

वन संरक्षण र सामाजिक क्षेत्रमा क्रियाशील १ सय ४१ जनाद्वारा हस्ताक्षरित अपिल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइएको हो।

उनीहरुले बारामा रुख काट्नुको सट्टा जंगलक्षेत्र बाहिर सार्वजनिक तथा केही निजी क्षेत्र अधिग्रहण गरेर विमानस्थल बनाउन सुझाव दिएका छन्। ८ हजार ४६ हेक्टर क्षेत्रफलमा विमानस्थल बनाउने सरकारको योजना छ।

यसैगरी, उनीहरुले हाल विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रदेखि ३३ किमी परको सर्लाही जिल्लाको मुर्तियाको अतिक्रमित र हैसियत बिग्रेको वन क्षेत्रमा विमानस्थल बनाउने विकल्प पनि दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार