चितुवाको छालासहित दुई पक्राउ

काठमाडौँ –काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे भकुण्डेबेसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चितुवाको छाला फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार