यस्तो छ तीन दिनको मौसम

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने तथा देशको उच्च पहाडी लगायत हिमाली भेगका अशिकांश स्थानमा हिमपात हुने र थोरै स्थानमा भारी हिमपात हुने जनाएको छ। महाशाखाले बिहीबार बुलेटिन जारी गरी आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

बिहीबार
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै,देशका पूर्वी र मध्य भेगका थोरै स्थानमा भारि वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। भने मध्य र पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा भारी हिमपातको हुने छ।

रातिः देशका धेरै जसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाअको सम्भावना छ, साथै मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी हिमपातको सम्भावना छ।

शुक्रवार
दिउँसो :देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, साथै एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका विभिन्न स्थानमा हल्कादेखि मध्यम तथा थोरै स्थानमा भारी हिमपातको सम्भावना छ।

राति :देशभरि सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ, साथै,देशका एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। । उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिवार
दिउँसो :देशभरि सामान्य देखि आशिंक बदली रही मध्य र पूर्वी भेगमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ,साथै, देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

रातिः देशभरि सामान्य देखि आशिंक बदली रही मध्य र पूर्वका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ । साथै, मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

ताजा समाचार

सम्बन्धित समाचार