Saturday, October 19, 2024

हावाहुरी र खडेरीसंगै देशभर डढेलोको प्रकोप वढ्यो

काठमाडौँ, २२ चैत । हावाहुरी र खडेरीको मौसमसँगै देशभरका वनमा डढेलोको प्रकोप वढेको छ । वन विभागका  अनुसार अहिलेसम्म झण्डै  दुई हजार ३०३ हेक्टर क्षेत्रफल वनमा डढेलो लागिसकेको जानकारी प्राप्त भएको छ ।

वन विभागले दिएको जानकारी अनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा डढेलो लागेको हो ।  सो मध्ये तनहुँको एक वनमा आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुलीको १५ वनमा ३३९ हेक्टर, मकवानपुरको १७ वनमा १६५ हेक्टर, ओखलढुंगाको पाँच वनमा ८३५ हेक्टर वनमा क्षति भएको छ ।

यसैगरी, ताप्लेजुङको दुई वनमा १९५ हेक्टर, इलामको ६ वटा वनमा ३३ हेक्टर, धनकुटाको सात वन २५३ हेक्टर, रसुवाको दुई वनमा सात हेक्टर, भोजपुरको दुई वनमा आठ हेक्टर, धादिङको ३८ वनमा ३३५ हेक्टर र गुल्मीको एक वनमा ९० हेक्टर क्षति भएको छ ।

यसका अलावा अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा डढेलो लागेको तर क्षतिको यकिन भईनसकेको विभागले वताएको छ ।  वन विभाग राष्ट्रिय वन महाशाखाका उपमहानिर्देशक राजेन्द्र के. सी.का अनुसारका गर्मीसँगै हावाहुरीका कारण वनमा डढेलो बढेको हो ।

उपमहानिर्देशक के. सी.का अनुसार ६४ प्रतिशत डढेलो मानविय गतिविध र ३२ प्रतिशत आकस्मिक रुपमा लाग्ने गरेको छ ।  विभागले वनका कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनाले डढेलो नियन्त्रणमा लागेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार