Monday, November 18, 2024

विद्यालमा खानेपानी नभएपछि समस्यामा बाजुराका विद्यार्थी

बाजुरा– बाजुराको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२/०६३ मा साविक आटिचौर गाविसको हाँडेखोलाबाट सौर्य उर्जाबाट पानी तानेर खानेपानी उपलब्ध गराए पनि अहिले सो सुविधा बन्द हुँदा विद्यालयलाई खाने पानीको समस्या भएको हो।

पानी खानकै लागि छात्र छात्रालाई आधा घण्टासम्म पैदल यात्रा गर्नुपर्ने भएकाले विद्यार्थीको दैनिक पठनपाठनमा समेत असर परेको प्रधानाध्यापक कृष्णाकुमारी सिंहले जानकारी दिए।

तल बस्ती माथि सुख्खा डाँडोमा विद्यालय भएका कारण कतै पानीको मुहान नभएको र टाढाबाट पानी ल्याउन ठूलो योजना नपरेको हुँदा खानेपानीको समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरभान परीले बताए।

उनका अनुसार जिल्लाको सबै भन्दाबढी खानेपानीको समस्या भएको कुँडीमा, चुनावको बेलामा विभिन्न राजनीतिक दलले भोट माग्नका लागि खाने पानीलाई नै चुनावी मुद्दा बनाए पनि अहिलेसम्म कसैले पनि गाउँ र विद्यालयका लागि खानेपानीको योजना ल्याउन पहल गरेका छैनन्।

बूढीगङ्गा– १ माथिल्लो कुँडीमा बसोवास गर्दै आएका २५६ घरपरिवारले पनि खानेपानीको निकै सास्ती व्यहोर्नु परेको स्थानीय अम्भा ल्वारले बताए । रासस

ताजा समाचार

सम्बन्धित समाचार