ग्वाटेमाला सिटी – ग्वाटेमाला र मेक्सिको क्षेत्रमा शुक्रबार ६.५ म्याग्नीच्युडको भूकम्प गएको छ।
भूकम्पका कारण कम्तीमा तीन जना घाइते भएका छन् भने केही भौतिक संरचनामा क्षति पुगेको छ।
मेक्सिको र ग्वाटेमालाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर आएकाले सो भूकम्पको महशुस दुबै देशमा गरिएको अधिकारीहरुले बताएका छन् ।
सिउडाड हिडाल्गोदेखि ३७ किलोमिटर दक्षिणपश्चिमतर्फ गएको भूकम्प ६२ किलोमिटर गहिरो रहेको मेक्सिकोको राष्ट्रिय भूगर्भ सेवाले जनाएको छ।
ग्वाटेमालाका तीन ओटा राजमार्ग अवरुद्ध भएका छन्। त्यसैगरी अरु कम्तीमा तीन जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन्।
भूकम्पको झड्का एल सल्भाडोर र मेक्सिको सिटीसम्म पनि महशुस गरिएको थियो। मेक्सिकोको राजधानी मेक्सिको सिटीदेखि भूकम्पको केन्द्रविन्दु झण्डै १२ किलोमिटर टाढा पर्दछ।
भूकम्प प्रभावित हजारौँ मानिसलाई सुरक्षित स्थलमा सारिएको थियो भने आमनागरिकमा त्रास फैलिएको अधिकारीहरुले बताएका छन्।
मेक्सिकोमा यसअघि सन् २०१७ को सेप्टेम्बरमा गएको भूकम्पका कारण ४६५ जनाको मृत्यु भएको थियो भने दशौँ हजार घरहरु भत्किएका थिए। एएफपी