काठमाडौँ –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई आफ्नो क्षेत्रमा हेलिप्याड निर्माण गर्न निर्देशन दिएको छ।
सामान्य प्रशासन मन्त्रालयले १० माघमा पत्राचार गर्दै ‘जमिनको सहतमा हेलिप्याड निर्माण तथा संचालन कार्यविधि२०७५’ अनुसार हेलिप्याड बनाउन निर्देशन दिएको हो। उक्त कार्यविधि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेर स्वीकृत भइसकेकाे छ।
यसअघि विपद व्यवस्थापन र खोज तथा उद्धार कार्यको साथै स्थानीय आवश्यक्ता परिपूर्तिका लागि हेलिप्याड निर्माण गरिने भनिएकोमा ३ माघमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि जारी गर्दै सबैलाई कार्यान्वयन गराउन संघीयलाई पत्राचार गरेको थियो।
सोही अनुसार संघीयले मुलुकका सम्पूर्ण स्थानीय तहहरूलाई हेलिप्याड सम्बन्धी कार्यविधि तत्काल लागू गरी हेलिप्याड बनाउन निर्देशन दिएको हो।
यस्ताे छ कार्यविधि