Saturday, August 2, 2025

छिया–छिया महाकाली बगर (फोटो फिचर)

महेन्द्रनगर– पानी सुकेर शान्त भएको महाकाली। भएको पानीजति सबै भारततिरको नहरमा बग्छ। र, आजभोलि महाकाली नदीका दुबै किनारामा तँछाडमछाड छ, बालुवा, ढुङ्गा झिक्नेहरुको।

वर्षका यी सुख्खा नौ महिनाहरु यहाँका वासिन्दाहरुको लागि ‘लाहुर’ भन्दा कम्ती हुँदैन महाकालीको बगर अनि किनारा। महाकाली वरिपरिका मात्रै होइन, बाहिर गाउँ अनि जिल्लाहरुबाट समेत अहिले मानिसहरु महाकाली खोस्रिन आइपुग्छन्। त्यसैले त किनाराभरि बाक्लै झुपडीहरु पनि बनेका छन्।

महाकाली एउटा किनाराको भीमदत्त नगरपालिकाले प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदन तयार गरेको छ। तर, त्यसलाई नदी उत्खनन् गर्नेहरुले कतै पनि पछ्याउँदैनन्। उनीहरुले आआफ्नै तरिकाले नदी खोस्रिन्छन् र ढुङ्गा, गिट्टी, बालुवाको चाङ लगाउँछन्।

बिडम्बना अर्काे किनाराको महाकाली नगरपालिकाले वातावरणमा पर्ने असरका बारेमा कुनै त्यस्तो प्रतिवेदन बनाएको छैन। दुवै किनाराको २ सय मीटर वरिपरि उत्खनन् नगर्ने भनिएको छ। तर, मानिसहरु २ मीटर छुट्याउन गाडिएका ‘ध्वजा’ जस्ता झन्डाहरुलाई उखेलेर आफूखुसी पायक पर्ने ठाउँमा राखिदिन्छन्। अनि त्यहीँबाट उत्खनन् गर्छन्। दुवै किनाराका नगरपालिकाले न कुनै अनुगमन गर्छन् न कुनै कारबाही।

ढुङ्गा, बालुवा, गिट्टी कसरी निकाल्ने वा कति गहिरो पार्ने भन्नेबारेमा मानिसहरुलाई जानकारी छैन। उनीहरुलाई भएको एउटै आइडिया हो ‘पानी ननिस्किँदासम्म खन्ने’। तर, कहीँ एकै मीटर गहिरोमा पानी निस्किन्छ त कतै आधा मान्छे डुबाउने खाडलहरु पारिएका छन्।

ल, तटबन्धको नजिकैबाट पनि ठूला खडल पारेर नदीजन्य पदार्थ झिकिएको छ। ढुङ्गा, बालुवा, रोडा निकाल्ने मान्छेहरुको भीडसँगै ट्याक्ट्रर र ट्रकहरुको ताँतीले पूरै महाकाली ढाकिएको छ अचेल।

ताजा समाचार

सम्बन्धित समाचार