Sunday, November 17, 2024

निजगढ विमानस्थल जिटुजी प्रक्रियामार्फत अघि बढ्छ : मन्त्री अधिकारी

काठमाडौँ – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले निजगढ अन्तराष्ट्रिय विमानस्थलको लगानी सुनिश्चित नभएसम्म रुख काट्ने लगायतका कुनै पनि कार्य अगाडि बढाउन भनिरहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले विमानस्थलको निर्माण दुई देशको सरकारी (जीटुजी) प्रक्रियामार्फत अघि बढाउने बताएका छन्।

झापामा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले मुलुकका ९ वटा विमानस्थलमा रात्रि उडान गर्ने भन्दै कम वातावरणीय क्षतिमा कार्य सम्पन्न गर्ने सरकारको योजना रहेको बताए । यसका साथै बन्द रहेका २९ वटा विमानस्थल यसै वर्षदेखि सञ्चालन गरिने उनको दाबी छ।

उनले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने गरी सरकारले तयारी गरिरहेको बताए। सन् २०१९ को अगस्टमा भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा परीक्षण उडान हुने र सन् २०२० सम्ममा पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण कार्यसमेत सम्पन्न भइसक्ने उनको भनाई छ।

ताजा समाचार

सम्बन्धित समाचार