Sunday, November 17, 2024

मुस्ताङमा सुख्खा पहिरो खस्दा कालिगण्डकीकाे केही भाग थुनियो

काठमाडौँ – मुस्ताङको घरापजोड गाउँपालिकामा हिमपातसँगै सुख्खा पहिरो खस्दा कालिगण्डकी नदीको केही भाग थुनिएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार सुख्खा पहिरोले दुई वटा सल्लाको रुख ढल्दा मार्फास्थित कृषि सामग्री केन्द्र नजिकैको कालिगण्डकी खण्डको केही भाग थुनिएको हो । बुधबार विहानदेखि थुनिएको उक्त खण्ड खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी लागि परेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए।

‘नदी पुरै थुनिएको छैन, पानी बगिरहेको छ । हामी आउन्जेल केही पानी जमेको रहेछ हामीले पानी बग्न मिल्ने सम्म खोलेका छौँ,’ उनले भने, बाँकी धेरै नै भएकाले स्काभेटर बोलाएका छौँ, स्काभेटर आएपछि पनि आज(बुधबार) दिनभर लाग्ने देखिन्छ।’

नदी खोलिने क्रममा तल्लो तटीय बेनीबजारसम्मको क्षेत्रको बहाबमा सामान्य बदली आउन सक्ने हुंदा सामान्य सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार