Sunday, November 17, 2024

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला– हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् ।

हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताए। “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,” उनले भने।

जिल्लामा मङ्सिरदेखि नै हिमपात हुने भएकाले चिप्लेटी खेललाई निरन्तरता दिन सके आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउन सकिने लामा बताउँछन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार