ललितपुरमा यसरी बढ्दैछ प्राकृतिक स्रोतको दोहन (भिडियो)


ललितपुर
– ललितपुरको विभिन्न स्थानमा प्राकृतिक श्रोतको दोहन बढ्दै गएको छ। लेले, नल्लु तथा टीकाभैरव क्षेत्रमा अवैध रुपमा प्राकृतिक दोहन भइरहेको हो।

गोदावरी नगरपालिका अन्तर्गत पर्ने उक्त क्षेत्रका वन तथा डाडाँकाडाँ काटेर अवैध रुपमा बालुवा, माटो र ढुंगा उत्खनन् भइरहेको छ।

उक्त क्षेत्रमा सञ्चालित बालुवा तथा ढुंगा खानीका लागि वन क्षेत्रका ८ रोपनीभन्दा बढी वन जग्गा मासिएको छ। तलबाट पहाड खोतल्दा माथिल्लो भेगका वन दिनानुदिन मासिदै गएको छ।

दर्जनौ स्काभेटर र ब्रेकरको प्रयोगले गर्दा पहाडमा पहिरो जानुका साथै वन क्षेत्र घट्दै गएको छ। जसको कारण हरियो पहाड विस्तारै उजाड बन्दै गइरहेको छ।

हाकाहाकीले गोदावरी नगरपालिकाकासँग यस विषयमा कुरा गर्न खोज्दा नगर प्रमुख तथा उक्त क्षेत्रका वडाध्यक्षले कुनै पनि चासो देखाएनन्।

ताजा समाचार

सम्बन्धित समाचार