Sunday, November 17, 2024

नवलपरासीमा बँदेल आतङ्क

परासी – पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ। सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन्।

नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ। बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पु¥याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीयवासी बताउँछन्।

बँदेलको आक्रमणमा परी सरावल–१ बस्ने वैजनाथ कामीको ११ वर्षीया छोरी रीता विक, वडा नं २ स्थित कुटी बस्ने वर्ष २५ का रामप्रसाद महतो, वडा नं १ बस्ने वर्ष २८ का प्रेम नारायण महतो र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–११ बस्ने वर्ष २५ का भुवन महतो घाइते भएको बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवले जानकारी दिए।

घाइतेमध्ये चिन्ताजनक अवस्थाकी ११ वर्षीया रीता विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ भने अन्य तीन घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताए।

बँदेल आक्रमण गरेको थाहा पाएलगत्तै उक्त कार्यालयका दुई कर्मचारी र बासाबसही प्रहरी चौकीका प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।रासस

ताजा समाचार

सम्बन्धित समाचार