Sunday, November 17, 2024

चोभार सुख्खा बन्दरगाह : स्थानीयको अवरोधबीच प्रधानमन्त्रीद्वारा शिल्यान्यास, स्थानीय पक्राउ

काठमाडौँ – स्थानीयले बारम्बार विरोध गरेपछि रोकिएको चोभारस्थित सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका छन्। विहीबार स्थानीयको अवरोधबीच प्रधानमन्त्री ओलीले सुख्खा बन्दरगाहको शिल्यान्यास गरेका हुन्।

तत्कालीन हिमाल सिमेन्ट कारखाना परिसरमा बन्न लागेको सुख्खा बन्दरगाह निर्माण पछि चोभारमा वातावरणलाई नकारात्मक असर पर्ने भन्दै स्थानीयले अवरोध जनाउँदै आएका थिए।

विरोधका वावजुद पनि प्रधानमन्त्रीले शिल्यान्यास गर्ने भएपछि स्थानीयले अवरोध गर्दै प्रदर्शन गरेका थिए । आफ्ना माग पुरा नभएसम्म बन्दरगाह निर्माण शुरु गर्न नहुने भन्दै प्रदर्शनमा उत्रेका करिव ३५ स्थानीयलाई प्रहरीले पक्राउ गरी कालिमाटी प्रहरी वृत लगेको छ।

स्थानीयले अहिले बन्न लागेको बन्दरगाहमा पहिले रहेको हिमाल सिमेन्ट कारखानो स्थानीय समुदायलाई विभिन्न क्षति पुर्याएको भन्दै स्थानीयले क्षतिपुर्ति दिन माग गरेका छन्।

यसका साथै उनीहरुले विगतमा हिमाल सिमेन्ट कारखाना र वातावरण संघर्ष समितिबीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न समेत माग गरेका छन्।

चोभार ऐतिहासिक र पर्यटकीय महत्व बोकेको क्षेत्र भएकाले त्यस परिसरमा कुनैपनि आयोजना बन्न नहुने भन्दै चोभारलाई खुला छो्नुपर्ने उनीहरूको माग छ।

याे पनि पढ्नुहाेस
किन विराेध हुँदैछ चोभार सुख्खा बन्दरगाहकाे ? (भिडियाेसहित)

ताजा समाचार

सम्बन्धित समाचार