Saturday, October 19, 2024

सालकको खपटा सहित दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, १८ चैत– संरक्षित वन्यजन्तु सालकको खपटा सहित पक्राउ परेका दुई चिनियाँ नागरिक विरुद्द प्रहरीले संगठित अपराधसम्बन्धि मुद्दा चलाएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ सय ६२ केजी सालकको खपटा सहित राहदानी नम्बर जि ४८५९८९७८ वाहक ४० वर्षीय क्वी जिओरोङ र राहदानी नम्बर ई २९१९८००० वाहक ३४ वर्षीय क्यू लिबाओलाई जिल्ला अदालत काठमाडौंले बिहीबार पुर्पक्षको लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

गत माघ १५ गते सालकको खपटा लुकाएर कङ्गोबाट ईस्तानवुल (टर्कि) को हवाई मार्ग प्रयोग गरि टर्किस एयरलाइन्सको उडान नम्बर टि के ०७२७ बाट काठमाडौँ आएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयकोे रेड च्यानल क्षेत्रको एक्सरेमा जाँच गर्ने क्रममा १ सय ६२ केजी सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई व्यूरोले कारवाहीका लागी जिल्ला वन कार्यालयमा पठाएपनि जिल्ला वन कार्यालयले तस्करीमा अन्र्तराष्ट्रिय गिरोहको संलग्नता देखिएको भन्दै संगठित अपराध मुद्दामा अनुसन्धानका लागी व्यूरोलाई पत्राचार गरेको थियो ।

उनीहरुले ल्याएको खपटा अफ्रिकाको कंगोमा खरिद भएको र नेपाल हुँदै चिनमा विक्रीका लागि लाने तयारी भएको अनुसन्धानमा खुलेको सीआईबीले जनाएको छ ।

घटनामा चिनियाँ, कङ्गो, नेपाली र एक बंगलादेशी नागरिकको पनि संलग्नता रहेको सिआईबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक जिवनकुमार श्रेष्ठले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार