काठमाडौँ – काभ्रेको पर्यावरण बचाउ अभियानाले नमोबुद्धमा सञ्चालित इँटा उद्योग तत्काल बन्द गर्नुपर्ने माग गर्दै आइतबार भएको निर्णयको आपत्ति जनाएको छ।
नमोबुद्ध नगरपालिका भित्र सञ्चालित ८ इँटा उद्योग र नगरबीच आइतबार भएको सम्झौताप्रति आपत्ति जनाउँदै अभियानले तत्काल उक्त इँटा उद्योगहरू तत्काल बन्द गर्नुपर्ने माग गरहेको हो।
आइतबारको सम्झौता अनुसार ०७६ असारभित्र इँटा उद्योग बन्द गरिने भएपछि उक्त निर्णयको आपत्ति जनाउँदै अभियानले असारसम्म हुने वातावरणीय प्रदूषणको क्षति कसले तिर्ने भन्दै उक्त उद्योग तत्काल बन्द गर्नुपर्ने जनाएको छ।
अभियाले प्रेस विज्ञप्ती जारी गर्दै जनताको स्वास्थ्य र कानूनको बर्खिलाप गरिएको कुनैपनि निर्णय तत्काल संच्याउन र अवैध भट्टाहरु तुरुन्त बन्द गर्न आव्हान गरेको छ।
आफ्नै नगरसभाले बन्द गर्ने निर्णय गरेको यथार्थ बिर्सियर कानूनको धज्जी उडाउने कुनै पनि निर्णय स्वीकार्य नहुने जनाएको छ।