Saturday, October 19, 2024

सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

काठमाडौं, १ चैत : रामेछाप गोकुलगंगा गाँउपालिका–१ बुलडाँडामा खसेको सुख्खा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

लिखु हाईड्रोपावरको लगानीमा शिवालयबाट बाम्ती भण्डार जाने सडकमा डोजरले सडक खनी सकेर बुधबार बाटो नाप्ने क्रममा सडक माथिबाट सुख्खा पहिरो खस्न गई हाईड्रोपावरका ईन्जिनियर र हेल्परको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परि मृत्यु हुनेमा सर्लाहीका २४ बर्षीय ईन्जिनियर शैलेन्द्र यादव र हेल्पर काम गर्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २५ बर्षीय राजु दुलाल रहेको नेपाल प्रहरीले जनाएको छ ।

उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार