मनाङ–केही वर्ष यता मनाङ आन्तरिक पर्यटकका रोजाइमा परेको छ। दशैं सकिएसँगै मनाङ आन्तरिक पर्यटकले खचाखच भएको छ।

धारापानी चेक पोष्टका अनुसार दशै सकिए लगत्तै जिल्लामा दैनिक ३ सय पर्यटक आउने गरेका छन्।
गत वर्ष १०–१२ हजार आन्तरीक पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्यांक छ। यस वर्ष १५ देखि २० हजार आन्तरिक पर्यटक मनाङ भित्रिने अनुमान रहेको जिल्ला पर्यटन व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए।
विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालसँगै अग्ला हिमश्रृङ्खलाको अवलोकन गर्न आन्तरिक पर्यटक मनाङ आउने गरेको पाइन्छ। केहि वर्ष अघि विषेश गरी बाह्य र केही मात्रामा आन्तरिक पर्यटक आउने गरेका थिए।

आन्तरिक पर्यटकले भरीभराउ हुनु पर्यटन प्रर्वद्धनसँगै दीर्घकालीन विकासको थालनी मानिने गरेको गुरुङ बताउँछन्।
मनाङमा रहेका हिमताल, झरना र नजिकै रहेका हिमश्रृङ्खलाले मन लोभ्याउने गरेको पर्यटकको भनाइ छ।
यहाँको ड्रोना खोलामा निर्माण भएको पुल १ सय ३५ मिटर लामो छ। २०७२ सालमा निर्माण भएको पुल खोलाको पानीको सतहदेखि ४ सय १२ मिटर उचाइँमा रहेको छ।
त्यस्तै ४ हजार ९ सय १९ मिटर उचाइँमा रहेको तिलिचो ताल अवलोकनका लापथ पनि पर्यटक आउने गर्छन।

नेस्याङ गाउँपालिका– ९ मा रहेको तिलिचो ताल जान माथिल्लो मनाङ खाँसरबाट करीब ८ घण्टामा बेस क्याम्पमा पुग्न सकिन्छ। बाटो भरी हिउँ भएकाले कठिन भएको पोखरा आएकी मिना थापाले बताइन्।
हिउँले ताल भरिएकोले वास्तविक ताल देख्न नपाए पनि हिउँमा हिँडेको पहिलो अनुभव भएको काठमाडांैबाट आएका विनोद थापाले बताए।

तिलिचो भ्यु प्वाइन्टबाट अवलोकन गर्ने र यहाँ वरीपरीका हिमताल तिलोचो हिमाल, निलगिरी जस्ता हिमाल र त्यसका गेल्यसियर नजिकैबाट नियाल्दै रमाएको वैदेशिक पर्यट म्यारीनाले बताइन्।





