छापामा आजः धान उत्पादनमा रेकर्ड तोडिँदै, कोशीटप्पुमा छावा जोगाउन हम्मे

आज प्रकाशित पत्रपत्रिकाले ‘विद्युतीय बस सञ्चालन’ सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन्। साथै वन, वन्यजन्तु र दिगोविकासका विषय पनि छापिएका छन्।

नयाँ पत्रिका
‘उपत्यका भित्रिने सवारीको चाप बढ्दो’शीर्षकमा मधुसुधन भट्टराईले लेखेको समाचार छापिएको छ ।

दसैँ मनाउन बाहिरिएकामध्ये मंगलबारसम्म करिब ३ लाख ६० हजार फर्किए महाशाखा प्रमुख एसएसपी वसन्त पन्तका अनुसार वडादसैँ मनाउन बाहिरिएकामध्ये मंगलबार साँझसम्म ३ लाख ५२ हजार ८ सय ८७ यात्रु फर्किएका छन् ।

‘काठमाडौंमा विद्युतीय सार्वजनिक बस सेवा सञ्चालन’शीर्षकमा वीरेन्द्र ओलीले लेखेको समाचार छापिएको छ ।
काठमाडौंमा विद्युतीय सार्वजनिक बस सेवा सञ्चालन भएको छ । एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएको विद्युतीय बस साझा यातायात प्रालिले काठमाडौं उपत्यकामा चलाउन लागेको हो । प्रधानमन्त्री केपी ओलीले मंगलबार विद्युतीय बस सेवा उद्घाटन गरे ।

एडिबीले लुम्बिनीदेखि गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलसम्म पर्यटक ओसार्न लुम्बिनी विकास कोषलाई अनुदानमा पाँच वटा विद्युतीय बस दिएको हो । तिमध्ये दुईवटा बस काठमाडौं आइपुगेका छन् ।

असिनाले धान,सुन्तला र तरकारीमा क्षती र ठूला पूर्वाधारलाई मात्रै हेजिङ सुविधा शीर्षकमा पनि समाचार छापिएको छ ।
राजधानी

‘भैंसी पालेरै मासिक ३ लाख’शीर्षकमा विजय नेपालले लेखेको समाचार छापिएको छ ।
नेपाल कृषिप्रधान देश भए पनि कृषि व्यावसायिक र आधुनिकीकरण हुन नसक्दा कृषिबाट मनग्य आम्दानी हुन सकेको छैन्।

साझाको विद्युतीय बस सञ्चालन र दसैंमा सडक मर्मत शीर्षकमा पनि समाचार छापिएको छ।

नेपाल समाचारपत्र
‘राजधानीको नदी सफा बनाउन फोहोर प्रशोधन केन्द्र’शीर्षकमा सुरेश तामाङले लेखेको समाचार छापिएको छ ।

देशको केन्द्रीय राजधानी काठमाडौंमा बहने खोलानाला मानव निर्मित संरचनाको कारण जोखिममा परेका छन्। खोलानाला प्रदूषित हुँदा वातावरणमा समेत नकारात्मक असर गरेको छ। राजधानीका मुख्य नदी र खोलाहरू दिनप्रतिदिन प्रदूषित बन्दै गएपछि सफा बनाउन पनि केही वर्षयता निरन्तर चल्दै आएको छ।

‘सिन्धुपाल्चोक जिल्लाकै नमुना बस्ती’शीर्षकमा ज्ञानमणि नेपाल कालोटोपीले लेखेको समाचार छापिएको छ।
२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले सबैभन्दा धेरै मानवीय र भौतिक क्षति पुर्याएको सिन्धुपाल्चोकको झ्याँडीमा अवस्थित माझीगाउँमा कलाकार श्वेता खड्काको पहलमा अहिले नमुना बस्ती बनिरहेको छ। ५४ वटा निजी आवास र एउटा संस्थाको सम्पर्क कार्यालयसहित ५५ वटा घरहरू हाल निर्माणको अन्तिम चरणमा पुगेको छ।

विद्युतीय बस सेवा शुरू,लिफ्टिङ खानेपानीले फेर्यो सिलुवाको जीवन,घरघरै खानेपानीका धारा र वायु प्रदूषण निउन्त्रण गर्न मेयर शाक्यको आग्रह शीर्षकमा पनि समाचार छापिएको छ ।

गोरखापत्र
‘विद्युतीय बसः यातायातमा नयाँ फड्को’शीर्षकमा शैलेन्द्रबहादुर थापाको विचार छापिएको छ ।उपत्यकामा बिजुली बस सञ्चालन,सगरमाथा क्षेत्रमा पर्यटकको चाप

‘दस प्रतिशत किसानले मात्र पाए उखुको भुक्तानी’शीर्षकमा होमराज रानाभाटले लेखेको समाचार छापिएको छ।
सरकारले किसानले ५७ प्रतिशत उखुको भुक्तानी पाएको दाबी गरे पनि नवरपरासीका उखु किसानले अहिलेसम्म १० प्रतिशत मात्र उखुको भुक्तानी पाएका छन्।

कान्तिपुर
‘२ वर्षमा विद्युतीय सवारी २० प्रतिशत र्पुयाइने’शीर्षकमा समाचार प्रकाशित छ ।

सरकारले सन् २०२० सम्ममा विद्युतीय सवारी साधनको प्रयोग २० प्रतिशतसम्म र्पुयाउने लक्ष्य राखेको छ  । प्रधानमन्त्री केपी ओलीले मंगलबार ‘विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना’ सार्वजनिक गर्दै मुलुकमा विद्युतीय सवारी प्रयोग बढाउने बताएका हुन्  ।

‘महानगरको मापदण्ड कार्यान्वयन नगर’शीर्षकमा समाचार छापिएको छ ।

सम्पदा मासिने गरी काठमाडौं महानगरपालिकाले बनाएको मापदण्ड कार्यान्वयन नगर्न संस्कृति, पर्यटन तथा नागरकि उड्डयन मन्त्रालयले निर्देशन दिएको छ  । महानगरले प्राचीन स्मारक संरक्षण ऐन २०१३ सँग बाझिने गरी नयाँ भवन मापण्ड बनाएको थियो  ।

‘धुलाम्मे सडकले सास्ती’शीर्षकमा आनन्द गौतमले लेखेको समाचार छापिएको छ।

यातायात साधन गुड्दा र हावा चल्न थाल्दा धूलोले आकाश नै छोपिएजस्तो हुन्छ । त्यही उडेको धूलोले शरीर भरिन्छ । हिंड्दा खुट्टा डमडम भासिन्छ । यस्तैमा दिनभरि भिडिरहन्छन् मजदुरहरू । कसैको मुखमा माक्स छ त धेरैकोमा छैन । दिनभरि काम गरेका मजदुरलाई साँझमा नुहाउन नसके सुत्नै कठिन हुन्छ ।

‘चाडबाड र कृषि’शीर्षकमा यमुना घलेको विचार छापिएको छ ।
हाम्रा संस्कृति, संस्कार र चाडबाडको कृषि तथा बीउबिजनसँग अन्योन्याश्रित सम्बन्ध छ । हरेक चाडपर्वमा कुनै न कुनै बालीनालीको महत्त्व छ । अधिकांश नेपालीले मनाउने चाड दसैंमा जमराको विशेष महत्त्व रहन्छ ।
गति लिँदै कुलेखानी तेस्रो,जडिबुटी बेच्दै कमाउँदै र रारा घुम्मे मौसम सुरु

नागरिक
‘धान उत्पादनमा रेकर्ड तोडिँदै’शीर्षकमा दिलीप पौडेलले लेखेको समाचार छापिएको छ ।

गत वर्षभन्दा यो वर्ष करिब साढे ६ लाख टन धेरै धान फलेको अनुमान गरिएको छ। अहिलेसम्मकै रेकर्ड तोड्दै चालू आर्थिक वर्ष ०७५र७६ मा करिब ५८ लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण कृषि तथा पशुपक्षी मन्त्रालयले गरेको छ। गत आव ०७४र७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो। विगतमा सबैभन्दा धेरै आव ०७३र७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो।

‘वन मासेर बोर्डिङ’शीर्षकमा नगेन्द्र उपाध्यायले लेखेको समाचार छापिएको छ ।

लेकवेंसी नगरपालिका–१० भट्टेघारीस्थित रुरल एजुकेसनल डेभलपमेन्ट एकेडेमी (रेडा) ले वन मासेर बोर्डिङ स्कुल सञ्चालन गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा परेको उजुरीका आधारमा सुर्खेत डिभिजन वन कार्यालयले गरेको अनुसन्धानका क्रममा रेडाले डेढ विघा जंगल मासेर बोर्डिङ स्कुल सञ्चालन गरेको पाइएको हो।

‘देखिन छाड्यो डल्फिन’शीर्षकमा योगेश रावलले लेखेको समाचार प्रकाशित छ।

कैलालीका विभिन्न पाँच नदीमा पहिले निकै डल्फिन देखिन्थे । कर्णाली, मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा डल्फिन सहजै देख्न सकिन्थ्यो। स्थानीय बासिन्दा डल्फिनलाई स्वाँसु, सोसलगायतको नामले चिन्थे । तर अहिले डल्फिन कम देखिन थालेको छ। कहिलेकाहीं दिनभर कुर्दा पनि देख्न पाइँदैन ।

‘कोशीटप्पुमा छावा जोगाउन हम्मे’शीर्षकमा समाचार छापिएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा शोभाकली हात्तीले जन्माएको छावा पोथीलाई जोगाउन हम्मेहम्मे परेको छ। आरक्षमा पाँचवटा संरक्षित हात्तीमध्ये शोभाकलीले गत असोज १९ गते छावा जन्माएकोमा खुसियाली त मनाइयो तर त्यस छावालाई जोगाउन भने चुनौती देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार